दश वर्षपछि ‘रेशम फिलिली’को सुपरहिट गित ‘पारी त्यो डाँडामा’ को सिक्वेल बन्ने

0 Shares

सिनेसुत्र, बिराटनगर- २०७२ सालको सुपर हिट सिनेमा ‘रेशम फिलिली’को सिक्वेल सिनेमा ‘फेरी रेशम फिलिली’ रिलिज नजिक आएको छ। दश वर्षपछि आउन लागेको यो सिनेमाले पहिलो भागमा दर्शकको मन जितेको ‘जालमा’ गीतको पनि सिक्वेल तयारी गरेको छ।

सिनेमाको निर्माण पक्षले सार्वजनिक गरेको ‘फेरि जालमा’ गीतको फोटोले दर्शकलाई पुरानो याद दिलाएको छ। पोस्टरमा मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। पहिलो भागकै जस्तै यो गीतमा पनि कालीप्रसाद बास्कोटाको सङ्गीत र मानस राजको शब्द रहेको छ। गायनमा काली र सोमिया बराइलीले आवाज दिएका छन्।‘फेरी रेशम फिलिली’मा पुरानो टिमको साथमा केही नयाँ अनुहार पनि देख्न पाइनेछ। निर्देशक निरोज महर्जनले सिनेमालाई अझै भव्य बनाउने प्रयास गरेको बताएका छन्। सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।

यो सिनेमा फागुन १४ गते रिलिज हुनेछ।

सम्बन्धित समाचारसबै