सिनेसुत्र, बिराटनगर- आउदो माघ १६ गत्ते देखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक्टर : टेक वन’ मुख्य कलाकार अभिनेता राजवल्लभ कोइराला अमेरिकादेखि नेपाल आइपुगेका छन्। शनिबार अपरान्ह उनी काठमाडौं विमानस्थलमा अवतरण गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई को-एक्टर प्रदीप खड्कासहित सिनेमा निर्देशक र निर्माता सहित सिनेमाको टोलि स्वागत गर्न पुगेका थिए । विमानस्थलमा मिडियासँग कुरा गर्दै उनले अभिनेता प्रदिप खड्काको खुलेर तारिफ गरेका थिए । प्रदिपको पुजार सार्की र प्रकाशको उदाहण दिदै उनि भन्छन : कलाकार भए पछि पात्रमा ढल्न सक्नु पर्छ ।
राजवल्लभ कोइरालाको १० दिनको काठमाडौं बसाइ रहने सिनेमा टिमले बताएका छन् । उनले यो बसाइमा सिनेमा प्रिमियर र प्रमोसनमा सक्रिय र आफूद्वारा लिखित कविता संग्रह पुस्तक ‘औरा’को विमोचनको काम व्यस्त रहने छन् । सिनेमाले सोमबार बेलुका क्यूएफएक्सको राधे राधे हलमा प्रिमियर गर्दैछ।
लामो समयपछि यो सिनेमाबाट अभिनयमा पुनरागमन गरेका कोइरालाको यसमा शीर्षमध्येको भूमिका छ। ‘पर्खि बसेँ’बाट सिनेमामा डेब्यु गरेका कोइरालाको पछिल्लो रिलिज सिनेमा ‘हे युवा’ थियो जुन सन् २०१५ मा रिलिज भएको थियो। 


