विनोद पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ निर्माणको घोषणा गरे, रिलिज मिति तय

0 Shares

सिनेसुत्र, बिराटनगर- ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलले एकसाथ दुईवटा सिनेमा निर्माणको घोषणा गरेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले आइतबार ‘सक्सेस पार्टी’ आयोजना गर्दै दुई नयाँ सिनेमा निर्माण गर्ने घोषणा गरेका हुन्।

‘पूर्ण बहादुरको सारङ्गी’ व्यापारिक रूपमा सफल भएपछि निर्माता पौडेलले आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सक्सेस पार्टी आयोजना गरेका थिए। सक्सेस पार्टीमा चार सय पाहुनालाई निम्त्याइएको थियो।

एक करोड ३० लाखको बजेटमा निर्माण भएको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्स अफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। ओभरसिज मार्केटबाट करिब ४० करोड रुपैयाँ कलेक्सन भएको थियो।यस सफलतापछि निर्माता पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी–२’ र ‘रोल नं १’ निर्माण गर्ने घोषणा गरेका छन्। ‘पूर्ण बहादुरको सारङ्गी–२’ विसं. २०८२ मा र ‘रोल नं १’ २०८३ मा रिलिज गर्ने तयारी छ।

सिनेमा ‘रोल नं १’ बालमनोविज्ञानमा आधारित रहने बताइएको छ, जसलाई जोन योञ्जनले निर्देशन गर्नेछन्। ‘पूर्ण बहादुरको सारङ्गी–२’ को निर्देशक भने खुलाइएको छैन।

यसैबीच कार्यक्रममा सेभने सिज सिनेमाको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ।

सम्बन्धित समाचारसबै