सिनेसुत्र, बिराटनगर- उषा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको नयाँ हास्यप्रधान सिनेमा ‘डल्लेले इन्ट्री मार्यो’ मा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ मुख्य भूमिकामा अनुबन्धित भएका छन्।
सागर लम्साल नेपाली हास्य अभिनयमा स्थापित नाम हो। ‘भद्रगोल’ हुँदै ‘सक्किगो नि’ टेलिश्रृंखलाबाट अपार लोकप्रियता कमाएका उनले पछिल्लो समय ठूलो पर्दामा जम्ने प्रयास गरिरहेका छन्। उनले यसअघि ‘लज्जा’, ‘लोफर’, ‘हैरान’ र प्रदर्शनको तयारीमा रहेको ‘लाज शरणम्’ सिनेमामा अभिनय गरिसकेका छन्।
अब, ‘डल्लेले इन्ट्री मार्यो’ मा उनी मुख्य पात्रमध्ये एकका रूपमा देखिनेछन्।
सिनेमाका निर्देशक राजु गिरी भन्छन्, यो सिनेमाले नेपाली दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ। हामी कमेडीलाई नयाँ उचाइमा पुर्याउने प्रयास गर्दैछौं।
‘डल्लेले इन्ट्री मार्यो’ नेपाली समाजका विभिन्न हास्यपरक घटनाक्रमलाई प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिँदैछ। हास्यरसका साथै रोमान्स, द्वन्द्व र पारिवारिक भावनाका पक्षहरू पनि समेटिनेछन्।
निर्माण टिमले सिनेमाको छायांकन चाँडै सुरु गर्ने योजना बनाएको छ। सिनेमाको प्रदर्शन मिति लक्ष्मी पूजाको दिन घोषणा गरिएको छ।
सिनेमाका निर्माता सबित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत हुन् भने निर्देशनको जिम्मेवारी राजु गिरी ले सम्हाल्नेछन्। साथै, सिनेमाको संगीत बबुल गिरी र रिमेश कुमार थापा ले तयार गर्नेछन्।




