‘एक्टर’ ले रिलिजको दुई दिनमा २८ हजार ८८५ रुपैयाँ ग्रस कलेक्सन

0 Shares

सिनेसुत्र, बिराटनगर- रिलिज भएर हलबाट उत्रिएपछि पनि सिनेमा ‘एक्टर’ विवाद कारण चर्चामा छ। एउटै नाम जस्तो हुँदा आर्थिक क्षति पुगेको भन्दै निर्माताले शुक्रबार जिल्ला अदालत, काठमाडौं मा ‘एक्टर : टेक वन’ विरुद्ध मुद्दा दायर गरेपछि यो सिनेमाले थप चर्चा पाएको हो।

चलचित्र विकास बोर्ड को बक्स अफिस तथ्याङ्कअनुसार, मदन घिमिरे निर्देशित सिनेमा ‘एक्टर’ ले रिलिजको दुई दिनमा २८ हजार ८८५ रुपैयाँ ग्रस कलेक्सन मात्र गर्न सफल भएको थियो।माघ ४ गते रिलिज भएको यो सिनेमा माघ ६ गते नै हलबाट हटिसकेको थियो। बोर्डको तथ्याङ्कअनुसार, अन्तिम पटक माघ ६ गते बिहान ११:१५ बजे बागबजारस्थित सिटीम्याक्स हल मा प्रदर्शन भएको थियो।

नाम मिल्दोजुल्दो भएका कारण निर्माताले कानुनी कदम चालेपछि यो सिनेमा विवादमा आएको हो। यो मुद्दाले दर्शकको थप ध्यान तानेको देखिन्छ। अब, अदालतको निर्णयले यस विषयलाई कतातिर मोड दिनेछ भन्ने चासो बढेको छ।

सम्बन्धित समाचारसबै