दर्शकको ताली र नारा: ‘एक्टर: ‘टेक टु’को माग: सिनेमाको अप्रत्याशित क्लाइमेक्सले दर्शक चकित

0 Shares

सिनेसुत्र, बिराटनगर- विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली सिनेमा ‘एक्टर: टेक वन’ ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ। शुक्रवार साँझदेखि गति लिएको यो सिनेमा ले शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको साथ पाइरहेको छ। शनिवार देशभर करिब ३ सय ३० वटा स्क्रिनहरूमा सिनेमा प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जानकारी दिएको छ।

यसैबीच, शनिवार पनि अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी सिनेमा हलहरूमा दर्शक भेट्न पुगिरहेका छन्। हलमा पुग्दा दर्शकले व्यापक तारिफ गर्दै प्रेम दर्शाइरहेका छन्। शनिवार दिउँसो ललितपुरको पुलचोकमा रहेको क्युएफएक्स सिनेमा हल मा पुग्दा दर्शकले ‘एक्टर: टेक टु’ को माग गरे।सिनेमा को अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ‘वि वान्ट टेक टु’ को नारा लगाएका थिए। दर्शकबाट टेक टु को माग हुँदा कलाकारहरू उत्साहित हुँदै सेल्फी खिचे।

सिनेमा हेरेका दर्शकले अप्रत्याशित क्लाइमेक्स को तारिफ गरेका छन्। प्रदिप खड्काको दमदार अभिनय, राजबल्लभ कोइरालाको पुनरागमन र दिव्या रायमाझीको डेब्यु अभिनय को प्रशंसा भइरहेको छ भने आना शर्माको केही वर्षपछिको अभिनयलाई दर्शकले रुचाएका छन्। साथै, निर्देशकको समेत व्यापक तारिफ भइरहेको छ।

यस सिनेमा मा प्रदिप, आना, दिव्या, राजबल्लभ को साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसाल ले लेखेका हुन्। अधृत फिल्म्स् र अ मोती फिल्म को संयुक्त प्रस्तुति रहेको यो सिनेमा मा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।

सम्बन्धित समाचारसबै