आँचल शर्मा: ड्रिक्स गरेर फिलिङ्स’ कन्ट्रोल गर्नै गाह्रो भयो क्या – दुःखी आत्मा ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर-  दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको सिनेमामा ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली सिनेमामा फरक स्वाद लिएर दयाहाङ राई र आँचल शर्मा आज सम्मकै फरक अभिनय शैली र पात्रमा देखिएका छन । सिनेमाको यस अघि टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान सिनेमा प्रति केन्द्रित भएको छ ।

सिनेमाको ट्रेलर रिलिजको १० दिन बाकि रहदै गर्दा सार्वजनिक ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ– ‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्– ‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु । यो कविताले पनि सिनेमाले भन्ने कथा केहि हद सम्म बुझ्न सकिन्छ ।हिमाल कडरियाको लगानी रहेको सिनेमामा सुदिप ढकाल कार्यकारी निर्माता, आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यो सिनेमामा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय छ ।

क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो सिनेमा फागुन २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ ।

सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ । ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको ध्यान खिच्ने देखिएको छ ।

सम्बन्धित समाचारसबै