२ करोड लगानीमा फिटनेस र नृत्य प्रशिक्षण: ‘डेजल प्रोडक्सन हाउस’ सञ्चालनमा

0 Shares

सिनेसुत्र, बिराटनगर-  विराटनगरको जलजला चोकमा करिब २ करोड रुपैयाँको लगानीमा ‘डेजल प्रोडक्सन हाउस प्रा. लि.’ सञ्चालनमा आएको छ। यसले जिम, जुम्बा, साल्सा, हिपहप, क्लासिकललगायतका नृत्य प्रशिक्षण प्रदान गर्दै प्रमाणपत्र तहसम्मको कोर्स उपलब्ध गराउनेछ।

संस्थाका सञ्चालक श्याम देव साहका अनुसार यहाँ वर्ल्ड क्लास प्रशिक्षकद्वारा प्रशिक्षण दिइनेछ। फिल्म निर्माता तथा कोरियोग्राफर साइमन राजवंशीले प्रशिक्षार्थीहरूलाई फिल्म तथा म्युजिक भिडियो उद्योगमा अवसर दिलाउने लक्ष्य रहेको बताए।संस्थानमा आधुनिक जिम उपकरण, कार्डियो फिटनेस मेसिन, वेट ट्रेनिङ सेवा उपलब्ध छन्। उद्घाटन समारोहमा प्रमुख अतिथि महेश महर्जनले स्वस्थ जीवनशैलीका लागि फिटनेस तथा नृत्य प्रशिक्षणको महत्त्व उल्लेख गरे।

डेजल प्रोडक्सन हाउसले भविष्यमा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूसँग सहकार्य गर्ने, अवार्ड शो आयोजना गर्ने तथा फिल्म तथा म्युजिक भिडियोका लागि डान्सर र फिटनेस ट्रेनर उत्पादन गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचारसबै