सिनेमा ‘रंगी’ ले पायो ‘यू’ सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न सक्ने

0 Shares

सिनेसुत्र, बिराटनगर- सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमा ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ। सिनेमाले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो। ‘यू’ सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ।

अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा विशेषत बाबुछोरीको कथामा आधारित छ। सिनेमाको पोस्टर, टिजर, ट्रेलर, र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रियाप्रति निर्माण समूह खुशी छ। प्रस्तुतकर्ता बस्नेतले सेन्सर बोर्डका सदस्यहरूले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएको बताए।आगामी फागुन २ गते रिलिज हुने सिनेमामा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन छ। सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ। सिनेमा ‘रंगी’ सलोनको डेब्यू निर्माण हो।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत, र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी, र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी, र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी, र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ।

सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी, र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।

सम्बन्धित समाचारसबै