हिमाल न्यौपाने निर्देशित ‘जनै हराएको बाहुन’ सिनेमामा गौरव पहाडी र रियर राईको इन्ट्री

0 Shares

सिनेसुत्र, बिराटनगर-  निर्माणाधीन नेपाली सिनेमा ‘जनै हराएको बाहुन’ मा ‘साइली’ फेम्ड अभिनेता गौरव पहाडी र ‘खजुरे ब्रो’ फेम्ड अभिनेता रियर राईको प्रवेश भएको छ। हिमाल न्यौपानेले निर्देशन गर्ने यस सिनेमाको लागि यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड अभिनेता विजय बरालले प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन्।

पेपरक्लिप प्रालिले बनाउन लागेको यस सिनेमामा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन्। यसमा उनले अभिनय समेत गर्नेछन्। भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको सिनेमाले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ।सिनेमाका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन्। यस सिनेमामा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुन्। भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन्। पेपरक्लिपका विमल न्यौपानेका अनुसार यो सिनेमाले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ।

यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो सिनेमा २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै