सिनेसुत्र, बिराटनगर- अभिनेत्रीहरू रेखा थापा र पूजा शर्माले बनाउने सिनेमा को बारेमा बारेमा नयाँ खबर सार्वजनिक भएको छ। केही समय अघि ‘काली २’ को चर्चा चलेको भए पनि निर्माण पक्षले अहिले नयाँ नाम र फरक कथामा सिनेमा बनाउने तयारी रहेको बताइएको छ।
सो सिनेमा लाई सविर श्रेष्ठले निर्देशन गर्नेछन्। सो सिनेमा मा रेखा र पूजाको अभिनय रहने कुरा पक्का छ, तर नाम ‘काली २’ भने हुने छैन। निर्देशक श्रेष्ठले ‘काली’सँग कथाको कुनै सम्बन्ध नरहेको र नयाँ कन्सेप्टमा सिनेमा बन्ने बताएका छन्।
सिनेमा मा एक्सन र पारिवारिक ड्रामाको संयोजन रहने जानकारी पनि उनले दिएका छन्। स्क्रिप्टको काम अहिले चलिरहेको छ र यसै वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने तयारी रहेको बुझिएको छ।
सविर र रेखाले यसअघि पनि ‘काली’, ‘कसले चोर्यो मेरो मन’, ‘तथास्तु’, ‘हमेसा’, र ‘राम प्यारी’ जस्ता सफल सिनेमा हरूमा सहकार्य गरेका छन्। उनीहरूको सहकार्यको यो छैटौँ सिनेमा हुनेछ।
अभिनेत्री रेखा थापाले पनि केही दिन अघि नयाँ सिनेमा को स्क्रिप्टमा काम भइरहेको जानकारी दिएकी थिइन्। उनले दर्शकहरूलाई उत्कृष्ट सिनेमा दिने आफ्नो प्रयास रहेको बताएकी छन्।





