सत्य घटनामा आधरित बुद्धि तामाङ र रेखा लिम्बुको अभिनयमा म्युजिकल सिनेमामा ‘चेली’ सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सत्य घटनामा आधारित म्युजिकल स्टोरी सिनेमा ‘चेली’ सार्वजनिक भएको छ। स्माइल दासको स्वर र संगीत रहेको गीतमा ओम केरुङ र नेत्र लोजा गुरुङ ले शब्द रचना गरेका छन्।

सिनेमाले नेत्र लोजा गुरुङ को व्यक्तिगत पीडा चित्रण गर्छ। उनले मुटुरोगबाट ग्रस्त आफ्नी बहिनी (चेली) लाई गरिबीका कारण समयमै उपचार गर्न नसक्दा गुमाउनु परेको घटनालाई कथाको रूपमा प्रस्तुत गरेका छन्।कलाकार बुद्धि तामाङ र रेखा लिम्बु को मुख्य अभिनय रहेको ‘चेली’ मा टिकाराम घले, माया गुरुङ, सुनिता गाहा लगायत एक दर्जन कलाकारको भूमिका रहेको छ।

यो सिनेमा सुजाता बस्याल को स्क्रिप्ट तथा निर्देशनमा बनेको हो। सिनेमाको कथा नेत्र लोजा ले लेखेका छन् भने सम्पादन सुबास शाह, रंग संयोजन रबिन बिके, र सिनेमाटोग्राफी विवेक बिके ले गरेका छन्।

‘चेली’ लाई एम सिरिज ग्लोबल (M-Series Global) ले निर्माण गरेको हो। यसअघि पनि उक्त कम्पनीले निर्माण गरेका थुप्रै गीतहरू दर्शकको अत्यधिक रोजाइमा परेका थिए।

सम्बन्धित समाचारसबै