‘फागुन ०४ गते सुन्दरहरैँचाको ‘विराट एक्स्पो’मा गुन्जिदै दीपक बज्राचार्य’

0 Shares

सिनेसुत्र, बिराटनगर- मोरङको सुन्दरहरैँचा_ १०स्थित विराटचोकमा हिजोबाट संचालन भएको ‘विराट एक्स्पो’को पाचौ दिन अर्थात फागुन ०४ गते लोकप्रिय  गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले सांगीतिक प्रस्तुती दिने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको यो एक्स्पोको चौथो संस्करण फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
गत हप्ता मात्रै भारतको पश्चिम बंगालस्थित कालिम्पोङमा भब्य कार्यक्रम सम्पन्न गरी फाल्गुन २ गते भ्यालेन्टाइन्स डेमा फिदिममा सांगीतिक कार्यक्रम गर्न लागेको मन मगन गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड फागुन ०४ मा  मोरङको सुन्दरहरैँचामा भब्य कार्यक्रमको तयारीमा रहेको छ ।कार्यक्रममा आफ्ना नयाँ र पुरानो गीतहरुको साथमा परम्परागत संस्कृति झल्कने लाखे नाच, झाँक्री नाच समेत प्रस्तुत गरिने ब्याण्डले जनाएको छ ।
सार्वजनिक शौचालय निर्माणको लागि रकम जुटाउन यो एक्स्पो आयोजना गर्न लागिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । हिजोबाट सुरु भएको एक्स्पो को पहिलो दिन हिजो हास्य कलाकार मनोज गजुरेल र गायक दुर्गेश थापाले आफ्नो प्रस्तुति दिएका थिए ।

सम्बन्धित समाचारसबै