राजेन्द्र बस्नेतको निर्देशनमा ‘कार्की साइँला’, पोस्टर सार्वजनिक गर्दै घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर-  भ्यालेन्टाइन डेको अवसर पारेर सिनेमा ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने सिनेमामा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । सिनेमाका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।बालकुमार राई र श्याम मगर निर्माता रहेको सिनेमाको पोस्टर शुक्रबार सार्वजनिक गर्दै सिनेमा निर्माणको घोषणा गरिएको हो । पोस्टरमा पहाडी क्षेत्रमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ । पोस्टर हेर्दा सिनेमाले ग्रामीण जीवनलाई देखाउने बुझ्न सकिन्छ ।निर्देशक राजेन्द्र बस्नेतले ग्रामीण भेगमा बस्ने भुइँ मान्छेको कथालाई सिनेमामा प्रस्तुत गरिने बताए । ‘हाम्रो पात्र भरिया हुन्छ । उसले गाउँभरीका सबै मान्छेहरुलाई रिजाएर भारी बोकेर सबैको मनमा बसेर उसको जीविकोपार्जन गर्ने काम गर्छ’, निर्देशक बस्नेतले भने ।

सिनेमामा डम्बरबहादुर राईको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवनाथ गौतमको गीत हुनेछ । धनकुटाको सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा छायांकन हुने सिनेमाका लागि कलाकार छनोटको काम सुरु गरिएको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचारसबै