सिनेसुत्र, बिराटनगर- आगामी चैत्र ८ गते प्रदर्शन हुने सस्पेन्स थ्रिलर ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को टिजर सार्वजनिक भएको छ। टिजरले धोका, बदलाको कथा प्रस्तुत गर्दै स्वार्थका लागि जे पनि गर्न सक्ने प्रवृत्तिलाई उजागर गरेको छ। टिजरमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनाल लाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। पात्रहरूको शहरी जीवन, धोका, जालझेल र रहस्यमय कथाले दर्शकलाई आकर्षित गर्ने संकेत देखिन्छ।
सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।
अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।
सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डे ले गरेका छन्। बिचित्र फिल्म्स र गुड जब आर्ट्स को व्यानरमा बनेको सिनेमाका श्याम शर्मा र सरोजा शर्मा निर्माता हुन् भने एमएस अग्रज कार्यकारी निर्माता हुन्। सिनेमालाई कुवेर सिने डिस्ट्रीब्युसन ले वितरण गर्नेछ।