सिनेमा ‘२६ करोड’मा प्रदीप फाइनल, पल शाहको सहभागिता अझै अनिश्चित

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘२६ करोड’मा अभिनेता प्रदीप खड्का अनुबन्धित भएका छन्। महँगो पारिश्रमिक लिएर उनी यो सिनेमामा अनुबन्धित भएका हुन्।

यो सिनेमालाई विकास सुवेदीले निर्देशन गर्दैछन्। सिनेमाको कथा पनि उनी स्वयंले लेखेका छन्। सिनेमा लेखकको रूपमा स्थापित विकासको यो डेब्यु निर्देशन हुनेछ।लेखक सुवेदीले यसअघि दुई सिनेमा ‘प्रकाश’ र ‘पूजार सार्की’ लेखेका थिए। उनकै लेखन रहेको अर्को सिनेमा ‘महाभोज’ हाल छायांकनमा रहेको छ।

सिनेमा ‘२६ करोड’ यसअघि रोहित अधिकारीको लगानीमा दिनेश राउतले निर्देशन गर्ने तयारी गरेको थियो। पछि दिनेश र रोहितको कुरा नमिलेर अलग भएसँगै यो सिनेमाका लागि निर्माता र निर्देशक फेरिएका हुन्। तर, केही दिन अगाडि ‘२६ करोड’ रोहित अधिकारिले आफ्नो व्यानरबाट सुभाष भुषालको ब्यानर किङडम नेटवर्कमा हस्तान्तरण गरेका थिए।‘२६ करोड’मा प्रदीप फाइनल भए पनि अन्य कलाकारबारे निर्माणपक्षले केही खुलाएको छैन। अभिनेता पल शाहसँग पनि कुरा भइरहेको बताइएको छ।

किङडम नेटवर्क ब्यानरबाट निर्माण हुने अर्को ‘अनटाइटल’ सिनेमाका लागि उनी फाइनल भएको बुझिएको छ।

पल फाइनल भएको अनटाइटल सिनेमालाई पनि सुवेदीले निर्देशन गर्दैछन्। जसको औपचारिक घोषणा केही समयपछि गरिने बताइएको छ।

प्रदीप र पलले यसअघि निर्देशक दिनेश राउतले निर्देशन गरेको ‘पूजार सार्की’ मा एकसाथ देखिएका थिए।

‘२६ करोड’लाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ।

सम्बन्धित समाचारसबै