- कस्तो अचम्म ? दया जी तपाइको चलचित्र र तपाइ लगायत धेरै यस्ता नेपाली कलाकारका बिग फ्यान हरु सिरहा, लहान ,जनकपुर, बिरगंज जस्ता मधेश प्रदेशको सहर सहरमा छन | यसको ज्वलन्त उदाहरण अहिलेका चर्चित नायक नाजिर हुसेनलाइ लिन सकिन्छ | उनि पनि मधेश प्रदेश कै हुन् | उनको क्याम्पसमा सायद नाटक लिएर रंग मन्चका कलाकार न पुग्दो होत उनमा कलाकारिताको लत बस्ने थिएँन |
बिराटनगर | चलचित्र ‘मनसरा’ को बिहिवार बिराटनगर भाट भटेनि क्युएफएक्समा भव्य प्रिमियर गरिएको छ। शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र प्रदर्शनको एक दिन आगाडी बिहिवार बिराटनगरको क्युएफएक्समा प्रिमियर शो गरिएको हो | बिराटनगरमा नेपाली चलचित्रको प्रिमियर यो पहिलो पटक भने हैन । तर चलचित्र रिलिज अगावै पहिलो दिन नै फिल्म युनिट कोशी प्रदेशमा कलाकार सहितको जम्बो टोलीको साथ् भने सम्भवत यो पहिलो पटक हो |

केही चलचित्रले बिशेष शोको नाममा प्रिमियर शो गरे पनि बिराटनगरमा भने नेपाली चलचित्रले सोचेको जस्तो माहोल बनाउन सकेको छैन । बिराटनगरमा नेपाली चलचित्र र कलाकारलाई माया गर्ने दर्शकको मास काठमाडौ भ्यालीको जत्तिकै भए पनि कलाकार र मेकरले बिराटनगरलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन हुन नसकेको प्रस्ट छ । यी सबै परिस्थितिलाइ मध्य नजर गर्दै अहिले चलचित्र पत्रकार संघ नेपालले चलचित्रको गतिबिधि बढान र यसको प्रबर्धन हेतु प्रदेश र जिल्लामा आफनो साखा फैलाएको छ | निकै लामो समयको संघर्स पश्चात चलचित्र पत्रकार संघ नेपाल कोशि प्रदेशले ब्यधानिकता पाए लगतै अहिले कोशि प्रदेशको राजधानी बिराटनगरमा चलचित्रको गतिबिधिलाइ कसरि चलायमान बनाउन सकिन्छ भन्ने कुराको उठान संस्थाले गरिरहेको छ |


२०८० को अन्तिम चलचित्र डिग्री माइलाको टिमले बिराटनगर भाट भटेनि क्युएफएक्समा दर्शक साक्क्षात्कार संगै राखिएको प्रेस मिटमा चलचित्र पत्रकार संघ नेपाल कोशि प्रदेश तथा मोरंग जिल्ला साखामा आबद्ध पत्रकारहरुले दयाह्यंगलाइ प्रश्न सोधेका थिए |” चलचित्रको प्रमोसनका लागि निर्माता, निर्देशक, कलाकारहरु कोशि प्रदेश भ्रमणमा आउने तर कोशि प्रदेशको राजधानी बिराटनगरमा चाहि नरोकीएर इटहरी,धरान,बिर्तामोड,दमक तिर लाग्ने गर्छन | के बिराटनगरमा चाहि नेपाली चलचित्रको दर्शक नै नभएको हो ? कि तपाई हरु बिराटनगरलाइ माया नै गर्नु हुन्न ? भन्ने प्रश्नमा दयाह्यांगले भनेका थिए :

त्यस्तै सोहि प्रेस मिटमा बोल्दै चलचित्र डिग्री माइलाका निर्माता मध्यका एक निर्माता मनिराम पोखरेलको भने फरक धारणा रहेछ :
आज त्यसैको फल स्वरूप “मनसरा” चलचित्रका कार्यकारी निर्माता तथा कलाकार समेत रहेका झापा दमकको सिजन दाहालको संग्योजनमा मनसराको प्रिमियर बिराटनगरमा अहिले सम्मकै भब्य देखिएको थियो |
अहिलेका ब्यस्त नायक भएको भएर पनि होला बिराटनगरमा चलचित्रको गतिबिधि बढाउन दयाहांग राइको पनि बिशेष सहयोग रहोस भन्ने सोच राख्नु स्वाभाविकै पनि होला | यहि मौकामा सिने सुत्रको दयाहांगलाइ नै प्रश्न थियो : मजदुर दिवशको अवसरमा हालै सार्वजनिक भएको “लेबर” चलचित्र जसमा मधेशको कथा भनिएको छ | चलचित्रले मधेशको कथा चाहि उठान गर्ने तर मधेशका दर्शकहरु संग नभेटने ? मधेश प्रदेशको हल भिजिट नगर्ने ? मधेश प्रदेशको दर्शकलाइ नेपालि चलचित्र हेर्ने बानि कसले बसाउने ? मधेश प्रदेश कहिले पुग्नु हुन्छ ? भन्ने प्रश्नमा दयाह्यंग राइ संगै चलचित्र मनसराका बाजे अर्थात् प्रविन खतिवडा यसो भन्छ :
कस्तो अचम्म ? दया जी तपाइको चलचित्र र तपाइ लगायत धेरै यस्ता नेपाली कलाकारका बिग फ्यान हरु सिरहा, लहान ,जनकपुर, बिरगंज जस्ता मधेश प्रदेशको सहर सहरमा छन | यसको ज्वलन्त उदाहरण अहिलेका चर्चित नायक नाजिर हुसेनलाइ लिन सकिन्छ | उनि पनि मधेश प्रदेश कै हुन् | उनको क्याम्पसमा सायद नाटक लिएर रंग मन्चका कलाकार न पुग्दो होत उनमा कलाकारिताको लत बस्ने थिएँन |

चलचित्रमा उनीहरुको समाजको कथा नभए पनि दर्शक हल सम्म पुग्छन अब तपाइँ कलाकार पनि पुग्नुस | त्याहाका सिंगल स्क्रिन हलमा पुगेर उनीहरुले कलाकार संग एउटा सेल्लेफी मात्र खिचन पाउदा दंग परेर आफनो गाउ घर संगै सामाजिक संजाल भरि सबैलाई सुनाउने देखाउने गर्ने छन् | र हलमा कलाकार देखन पाइन्छ भेट्न पाइन्छ कि भन्ने आशाले पनि दर्शक हल सम्म तानिने र नेपाली चलचित्र हेर्ने बानि पर्न सक्ने सम्भावना बढछ | ठिकै छ |
प्रिमियरमा मनसरा चलचित्रका जम्बो टोलि सहित बिराटनगर, धरान, इटहरी,झापा लगायतका स्थानीय कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो | चलचित्र हेरे पछि सबैले भन्ने कुरा लग्भग एकै थिए । चलचित्रको कथा राम्रो छ बिषय बस्तु अनि जातीय मेल मिलाप देखाइएको सरल अनि दर्शक रिझाउन सक्ने चलचित्र भन्ने प्रतिक्रिया रहेको थियो |
“मनसरा” प्रिमियर शो हेरिसके पछि कसले के भने ? यो हेर्नुहोस :
फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ। निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन्।
चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन देख्न सकिने छ ।