‘लाज शरणम्’ सेन्सर पास : अब कुनै रोकावट बिना फागुन १४ मै रिलिज हुँदै

0 Shares

सिनेसुत्र, बिराटनगर-  बहुप्रतीक्षित नेपाली सिनेमा ‘लाज शरणम्’ सेन्सर पास भएको छ, जसले यसको प्रदर्शनका लागि कानुनी अवरोध हटाएको छ। उच्च अदालत पाटनले दिएको आदेश अब फिल्मलाई प्रभावित गर्ने छैन, र सिनेमा निर्धारित मिति फागुन १४ (फेब्रुअरी २६, २०२५) मा रिलिज हुने तयारीमा छ। यसअघि, अदालतले सेन्सर प्रक्रिया पूरा नहुन्जेल फिल्मको प्रचार रोक्न निर्देशन दिएको थियो। तर अब सेन्सर बोर्डबाट स्वीकृति प्राप्त भएसँगै प्रचार-प्रसारमा कुनै रोकावट छैन।‘लाज शरणम्’ एक कमेडी-ड्रामा सिनेमा हो, जसले ग्रामीण परिवेशका पात्रहरू बीचको सम्बन्ध, सामाजिक मूल्य, प्रेम, र परिवारको कथा बोल्ने छ। चर्चित हास्य कलाकारहरुको जम्बो टोली सिनेमामा आवध छन । सिनेमाको छायांकन डोल्पा जिल्लामा गरिएको हो, जहाँको प्राकृतिक सौन्दर्य र अविकसित समाजले कथालाई थप जीवन्त बनाएको छ।

सिनेमाको ट्रेलर युट्युबमा सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। त्यस्तै, काठमाडौँका मेयर बालेन शाह द्वारा गाइएको प्रमोशनल गीतले पनि निकै चर्चा बटुलिरहेको छ।

पूर्व मन्त्री आलमको मुद्दा : सिनेमामा उनको चरित्र छैन

सिनेमालाई लिएर एउटा मुख्य विवाद पूर्व मन्त्री अफताव आलम सँग जोडिएको थियो। आलमले आफ्नो जस्तै देखिने पात्रलाई आधार बनाएर सिनेमा निर्माण गरिएको दाबी गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले सेन्सर नभएसम्म प्रचार रोक्न आदेश दिएको थियो।

तर केन्द्रीय सिनेमा जाँच समितिले फिल्म हेरेपछि कुनै विवादित प्रसंग नभएको ठहर गर्दै सेन्सर पास गरिदिएको छ। बोर्डका एक सदस्यका अनुसार, सिनेमाको कथावस्तुमा आलमलाई संकेत गर्ने कुनै दृश्य छैन।

यसैले, सिनेमा अब निर्धारण गरिएको मितिमा नै प्रदर्शन हुनेछ, र दर्शकले यसको मनोरञ्जन लिन सक्नेछन्।

सम्बन्धित समाचारसबै