र्याप मार्फत न्यायको कथा सुनाउनुहोस् : ‘आउटलः दफा २१९’ को विशेष र्याप प्रतियोगिता

0 Shares

सिनेसुत्र, बिराटनगर- फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’ दर्शकहरुका लागि प्रतिक्षित छ। यो सिनेमाको टिजर सार्वजनिक भएसँगै दर्शकले निकै राम्रो प्रतिक्रिया दिएका थिए। सिनेमाको ट्रेलर केही दिनमा रिलिजमा आउँदैछ। यसैबिच, यसको निर्माणपक्षले ‘न्याय’ शिर्षकमा ‘र्याप प्रतियोगीता’ आयोजना गरेको छ। स्याडो पिक्चर्स र रिट्रो सिनेमास्को प्रस्तुतिमा बनेको यो सिनेमाको ‘र्याप प्रतियोगीता’मा सहभागी हुन चाहनेले ‘न्याय’ शिर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन्।प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ। प्रतिस्पर्धीले पठाएको भिडियो सिनेमाको सामाजिक संजालमा एकाउन्टमा पोष्ट गरिनेछ। सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ। फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ। विजेताले उक्त गीतको म्युजिक भिडियो निर्माणका लागि १ लाख नगद प्राप्त गर्नेछन् । गीतले दर्शकको साथ पाएको खण्डमा विजेताले भिडियो पनि निर्माण गर्न सक्ने निर्माणपक्षले बताएको छ ।

यो सिनेमाले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शिर्षकमा प्रतियोगीता आयोजना गरिएको सिनेमाका निर्माता अमित अग्रहरिले जानकारी दिए। विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सह–निर्माताको रुपमा छन्।

सिनेमामा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन, नविन गुरुङको छायांकन छ। यो सिनेमामा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ।

सम्बन्धित समाचारसबै