महाशिवरात्रिमा जागेश कुमार ठाकुरको ‘हर हर महादेव’ भक्ति गीत सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- महाशिवरात्रिको पावन अवसरमा प्रसिद्ध गायक जागेश कुमार ठाकुरको स्वर, संगीत र शब्दमा नयाँ भक्ति गीत ‘हर हर महादेव’ सार्वजनिक भएको छ। यस भक्ति गितको भिडियोले भगवान शिवप्रति समर्पित भक्ति भावलाई उजागर गर्दै भक्तजनलाई आध्यात्मिक ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।

गीतको गायन, रचना र संगीत जागेश कुमार ठाकुरले गरेका छन् भने यसलाई धर्मेन्द्र शर्माले संगीत संयोजन तथा मिक्सिङ/मास्टरीङ गरेका छन्। उक्त भिडियोलाइ जागेश कुमार ठाकुर नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो |
भिडियोमा प्रमुख कलाकारहरु संजय शाह र मिस्टर ज्याक (सञ्जीव सहनि) फिचर छन्। साथै, भिडियोमा रोहित, निर्मल, श्वास, विषाल, बद्री, अमर, दीपेश, विवेक, रुपक, प्रेम, बिक्कु, अयन, सागर, शिव, रुपेश, रबिन लगायतका ब्याकग्राउन्ड कलाकारहरूको विशेष भूमिका रहेको छ।

यस गीतको नृत्य निर्देशन संजय शाह र मिस्टर ज्याक (सञ्जीव सहनि) ले गरेका छन्। भिडियोग्राफी तथा सम्पादन प्रतिक श्रेष्ठको रहेको छ, जसले कलर ग्रेडिङ समेत गरेका छन्। प्रकाश संयोजन इगल डिजिटल रोड लाइट, ओम र रामले गरेका छन् भने प्रवर्द्धन तथा प्रचार सामग्री किंग्स मोशन पिक्चर्स प्रा.लि. द्वारा तयार पारिएको छ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूका लागि विशेष पर्व हो, जसमा भगवान शिवको पूजाअर्चना गरिन्छ। यस अवसरमा सार्वजनिक गरिएको ‘हर हर महादेव’ गीतले भक्ति संगीत प्रेमीहरूलाई शिव भक्ति र आध्यात्मिक ऊर्जाले भरिपूर्ण बनाउन मद्दत गर्ने बिश्वास गरिएको छ ।

भिडियो हेर्नुहोस : 

सम्बन्धित समाचारसबै