५० करोड ग्रस गर्ने निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ छायांकन सुरु

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने सिनेमाको आज शुभमुहूर्त गरिएको हो । निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो । च्यासलस्थित सेटमा मुहूर्त सटसँगै सिनेमाको छायांकन आजैबाट सुरु भएको निर्देशक पौडेलले जानकारी दिए ।

करिब एकहप्ता काठमाडौंमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सिनेमाको सुटिङका लागि स्याङ्जा जानेछ । सिनेमामा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन् ।यो सिनेमामा लिड रोलमा सुरक्षा पन्त रहने छिन् । महिलाप्रधान सिनेमा रहेको बताइएको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको सिनेमामा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन् । बाबु श्रेष्ठको डीओपी रहने सिनेमा सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । सिनेमामा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् ।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ सिनेमा प्रतिक्षित हुनेछ । सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरेको थियो । त्यसैले उनले निर्देशन गरेको यो सिनेमा कस्तो हुनेछ भन्ने धेरैका लागि प्रतिक्षाको विषय बनेको छ ।

निर्माण पक्षका अनुसार यो सिनेमा २०८२ मा रिलिज हुनेछ ।

सम्बन्धित समाचारसबै