सिनेसुत्र, बिराटनगर- वुधबारदेखि रिलिजमा आएको सिनेमा ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । सिनेमा रिलिजको भोलिपल्ट यसको निर्माणपक्षले सिनेमा को सबैभन्दा पावरफूल गीत सार्वजनिक गरेको हो । एसडी योगीको स्वर र संगीतमा समावेश यो गीतमा राम अविरल बिष्टको शब्द छ । यो गीतलाई हलमा सिनेमा हेरेका दर्शकले पनि निकै रुचाएका छन् ।
गीतको भिडियोमा सिनेमा का मुख्य तीन कलाकारहरु पल शाह, दीपिका प्रसाँई र नव–नायक समिम खानलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोले पनि सिनेमा त्रिकोणात्मक प्रेमकथामा बनेको वुझ्न सकिन्छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमा मा पल शाह, दीपिका प्रसाई, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिष्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, अन्शु महर्जन, लक्ष्मी गिरी लगायतका कलाकारहरुको अभिनय छ ।
ध्रुव न्यौपाने, राज कटुवाल, चन्द्र पन्तको लगानी छ । सिनेमा मा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । क्रियटिभ सिने आर्टस्का लागि सिनेमा मा नेम महर्जनको पनि लगानी छ । राजु विक्रम थापाको डीओपी रहेको सिनेमा मा मिलन श्रेष्ठको सम्पादन, कविराज गहतराज र प्रविण खतिवडाको कोरियोग्राफी छ । सिनेमा ले बुधबार सुखद ओपनिङ गरेको थियो । भोलि र पर्सीको बिदामा पनि सिनेमा ले सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।
भिडियो हेर्नुहोस :