सुशिल श्रेष्ठको दमदार एक्सन सहित ‘आउटलः दफा २१९’ ट्रेलर सार्वजनिक
0
Shares
सिनेसुत्र, बिराटनगर- सिनेमा ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ। फागुन २९ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमा को ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ।
यो वर्षकै प्रतिक्षित एक्सन सिनेमामा विक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ । अमित अग्रहरि र नीशा गुइडेको लगानी छ। सिनेमा मा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ।
विकास चौधरी सह–निर्माता रहेको सिनेमा का कार्यकारी निर्माता विनोद कठायत हुन्। साहिल खानको सम्पादन रहेको सिनेमा मा चुल्ठे काजीको एक्सन निर्देशन छ।
यो सिनेमा मा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ।सिनेमा को ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ। नायक सुशिल श्रेष्ठलाई ‘एक्सन स्टार’को रूपमा प्रस्तुत गरिएको सिनेमा मा उनको काम पनि तारिफयोग्य देखिएको छ।
सिनेमा मा समावेश केही संवादहरू दर्शकको नजरमा पर्न सक्छन्। ‘यहाँ व्वासोहरू झुण्डमा हिँडेर आफूलाई वाघ ठान्छन्। तर, वाघलाई के थाहा वाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ।’ यो बाहेक अन्य केही संवाद पनि दर्शकको नजरमा पर्न सक्छन्। जस्तै, ‘हिजोसम्म स्यालको सरकार देखेकी थिइस्, आज बाघको सरकार देखिस्’ भन्ने संवाद पनि हिट हुने देखिन्छ।
नेपालमा यो वर्ष एक्सन कथाका सिनेमा लाई रुचाइएको छ। यसैले, फरक शैलीको एक्सन र न्यायको कथामा बनेको यो सिनेमा ले पनि दर्शकको साथ पाउने विश्वास गर्न सकिन्छ।