सुरेन्द्र पौडेल निर्देशित सिनेमा ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्त सम्पन्न : लक्ष्मी पूजामा रिलिज हुने

0 Shares

सिनेसुत्र, बिराटनगर-  सिनेमा ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ। बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरिएको सिनेमाको आज शुभ मुहूर्त गरिएको हो। निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायांकन सुरु भएको छ। लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन्।

दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने सिनेमामा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ।‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय सिनेमा हो। आशिस एच. तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन्।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने सिनेमामा महेश दवाडीको लेखन रहने छ। सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवन र हेटौंडाका विभिन्न स्थानमा गरिनेछ। सिनेमाका डिओपी मानकृष्ण महर्जन रहेका छन्। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहनेछ।‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा हुनेछ। सिनेमा सामाजिक कथावस्तु पस्किने सन्देशमूलकसँगै मनोरञ्जन प्रदान गर्ने निर्माण पक्षले जनाएको छ।

यो सिनेमालाई काठमाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन्।

सम्बन्धित समाचारसबै