आमाको कथा बोकेको ‘श्री बुकुरो’ को दोस्रो टिजर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा क्षेत्रमा पारिवारिक कथावस्तु समेटिएको नयाँ सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को दोस्रो टिजर सार्वजनिक भएको छ। निर्देशक सुदीप भुपाल सिंह ले सात वर्षपछि निर्देशनमा फर्किँदै यो सिनेमा लिएर आएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए।

सामाजिक र पारिवारिक कथामा केन्द्रित सिनेमाहरू कम बन्ने प्रवृत्तिलाई तोड्दै निर्देशक सिंहले ‘श्री बुकुरो’ निर्माण गरेका हुन्। उनले दर्शकले पारिवारिक कथालाई रुचाउने विश्वास व्यक्त गरेका छन्। हाल सिनेमाको पोस्ट-प्रोडक्सन अन्तिम चरणमा रहेको छ, र केही दिनमै यसको प्रदर्शन मिति घोषणा गरिनेछ।बुधबार सार्वजनिक गरिएको टिजरमा परिवारभित्रको सम्बन्ध, चुनौती र भावनात्मक उतारचढावलाई देखाइएको छ। लक्ष्मी गिरी को संवादबाट सुरु हुने टिजरमा आकर्षक दृश्य समावेश गरिएको छ, जसले दर्शकलाई सिनेमा प्रति थप उत्साहित बनाउने संकेत गर्छ।

फिल्म रेञ्ज ब्यानर अन्तर्गत निर्माण भएको यस सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमाको कथा निर्देशक सिंह स्वयंले लेखेका हुन् भने निर्माण रुबी सेन सिंह ले गरेकी हुन्।

यस सिनेमाका दृश्यहरू मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौं मा छायांकन गरिएको हो। सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठ को छायांकन तथा रञ्जीत गजमेर र बसन्त सापकोटा को संगीत समावेश गरिएको छ। पारिवारिक भावनाले भरिएको यो सिनेमा दर्शकमाझ रुचाइने अपेक्षा गरिएको छ। टिजर हेर्नुहोस :

 

सम्बन्धित समाचारसबै