दर्शकमाझ लोकप्रिय ‘लाज शरणम्’ दोस्रो हप्तामा पनि उत्कृष्ट प्रदर्शन: उच्च शो संगै राम्रो व्यापार

0 Shares

सिनेसुत्र, बिराटनगर- शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको सिनेमा ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो।

उच्च शो सहित सिनेमा दोस्रो हप्तामा प्रदर्शन गरिएको हो। राम्रो व्यापारसहित सिनेमा दोस्रो हप्तामा प्रवेश गरेको निर्माणपक्षले जनाएको छ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो सिनेमालाई बिहीबार २१ शो दिइएको छ। देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए।“हाम्रो सिनेमा सफलतासहित दोस्रो हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीनले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै ‘लाज शरणम्’ दोस्रो हप्तामा प्रवेश गरेको हो।”‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। त्यसयताको कलेक्सन भने निर्माणपक्षले सार्वजनिक गरेको छैन।

सिनेमामा महेश त्रिपाठी, सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन्।

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता छन्। राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन्। टिजर हेर्नुहोस :

सम्बन्धित समाचारसबै