सिनेसुत्र, बिराटनगर- नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी सिनेमा ‘माया प्रीति’ ले कास्टिङ कल आह्वान गरेको छ। सिनेमाको प्रमुख भूमिकाका लागि पुरुष कलाकार, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको निर्देशक अवि श्रेष्ठ ले बताए।
सिनेमाको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छिन्। लिभेन्ट्स् स्टुडियोका अनुसार यस सिनेमाकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष युवा कलाकार तथा अन्य कलाकारहरूको लागि यो अडिसन आह्वान गरिएको हो। अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ। इच्छुकले आफ्नो बायोडाटा, फोटोहरूसँगै १ देखि ४ मिनेटसम्मको अभिनय भिडियो क्लिप पठाउनुपर्नेछ।
निर्देशक श्रेष्ठका अनुसार **‘माया प्रीति’**मा एक निःशर्त प्रेमको यात्रा हुनेछ, जसमा जस्तोसुकै परिस्थितिमा पनि अविरल प्रेमको महसुस हुनेछ।
निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी टोली हो। **वन टू थ्री स्टुडियोज प्रा.लि.**को ब्यानरमा निर्माण हुने यस सिनेमाका निर्माता सुवास चन्द्र प्रधान हुन्। चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छिन् भने सन्तोष कुमार कार्की कार्यकारी निर्माताकै रूपमा रहेका छन्।
यसै गरी, सिनेमाको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन्, जो **२०७२ सालमा रिलिज भएको सुपरहिट सिनेमा ‘रेशम फिलिली’**का निर्देशक हुन्। साथै, उनी एआई कलाकारका रूपमा पनि परिचित छन्।