“वर्ण व्यवस्थाले सदियौ देखि न्याकिएको एउटा तप्का” प्रकाश सपुतको चलचित्र ‘वसन्त’ निर्माण घोषणा

0 Shares

बिराटनगर | चर्चित गायक प्रकाश सपूतले चलचित्र निर्माणको घोषणा गरेका छन् । गायन मार्फत लोकप्रिय बनेका सपुतले आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनले ‘वसन्त’ नामक चलचित्र बनाउने घोषणा गरेका हुन् ।
प्रकाशले चलचित्रको नाम र कलाकारबारे जानकारी गराएका छन् । चलचित्र आउँदो चैते दसैँमा रिलिज गरिने उनले बताएका छन् ।

 

कार्यक्रममा प्रकाशले आफ्नै जीवनको कथामा मिल्दोजुल्दो सिनेमा बनाउन लागेको बताए छन् । चलचित्रका लागि धेरै विषय भए पनि सुरुमा आफ्नै विषय उठान गर्ने जमर्को गरेको उनले बताए । कार्यक्रममा उनले भने, ‘पहिला आफ्नै जीवनको कथा भनौँ अनि बाँकी कथा भनौँला भनेर मैले भोगेकै कथा सिनेमामा लेखे उनले बताए ।

“वर्ण व्यवस्थाले सदियौ देखि न्याकिएको एउटा तप्का” लाइ छोटो नाम दिएर चलचित्रको नाम ‘वसन्त’ रहेको सार्वजनिक छोटो भिडियोको अन्तिममा देखन सकिने छ |

प्रकाशले चलचित्र ‘परदेशी–२’ मा अभिनय गरेका थिए । सोही सिनेमाबाट अनुभव हासिल गरेर अब आफैँ चलचित्र निर्माण गर्न लागेको उनले बताएका छन् । गीतमा जस्तै चलचित्रमा पनि दर्शकको माया पाउने उनको विश्वास छ ।

चलचित्रमा प्रकाश सपुत आफैँ मुख्य भूमिकामा देखिदै छन् । सपुतको कथा लेखनमा बन्न लागेको चलचित्रको निर्देशन उनि आफैले गर्ने बताएका छन् | उक्त बन्न लागिरहेको चलचित्रमा संगीत पनि सपुतको नै रहने छ | उनको यो चलचित्र निर्देशनमा डेब्यू चलचित्र हो ।

चलचितमा धेरै कथा आफ्नै रहेको बताएका उनले केही कुरा सिनेम्याटिक बनाउन थपिएको र केही कथा आवश्यकताअनुसार परिमार्जन गरिएको उनको भनाइ छ । अन्यथा धेरै कुरा जातीय विभेद र त्यसको सिर्जना गर्ने घटनामा चलचित्रमा केन्द्रित रहेको उनले बताए । चलचित्र ‘परदेशी-२’ बाट अभिनयमा डेब्यु गरेका उनले अहिले आफैँ चलचित्र निर्देशन गर्न लागेका हुन् ।  जात र वर्गीय व्यवस्थाकै कारण विभेद भोगिरहेको समुदायले भोग्नु पर्ने कथामा महिलाले विद्रोह गर्ने उनी बताउँछन् । आफूले जे भोगेको हो त्यही नै चलचितमा देखाउने उनले बताए ।
प्रकाश चलचित्रमा ‘वसन्त’को भूमिकामा देखिने प्रकाश सपुत जो सिनेमाको हिरो हुनेछ । यो पात्रले दलित युवकको चरित्र निभाउने छ । उनको अपोजिटमा रहने पात्रको नाम शान्ती हुनेछ । जसले विद्रोह गरेर अन्तरजातीय विवाह गर्नेछ ।

सिनेमाको नाम सार्वजनिक गर्ने क्रममा देखाइएको छोटो भिडियोमा कलाकारहरु प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल लाइ देखाइएको छ ।

चलचित्रमा कार्यकारी निर्माता मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनेछन् ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने चलचित्रमा निर्माता हरुमा कार्यकारी निर्माता अनुरोध भट्टराई, नेन्सी शेरचन, निर्मातामा मोहन विश्वकर्मा हुन् ।

सिनेमाको छायांकन भदौमा हुनेछ । सिनेमा आउँदो वर्षको चैते दसैँको छेको पारेर रिलिज हुनेछ।

सम्बन्धित समाचारसबै