नेता र सरकारप्रति आक्रोश: आउटल दफा २१९ को गीतले बोल्यो जनताको आवाज

0 Shares

सिनेसुत्र, बिराटनगर-  फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘आउटलः दफा २१९’को ओएसटी सार्वजनिक गरिएको छ । ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज उठाइएको छ । मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । नितु पुनले पनि गीतमा स्वर दिएकी छिन् ।

यो गीतको भिडियोमा दिर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन छ । सलिनाको कार्यकारी निर्देशन रहेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् । राजेश कुटुको यसमा कोरियोग्राफी छ । नविन गुरुङले यो सिनेमा खिचेका हुन् ।सार्वजनिक गीतलाई दर्शकले निकै मन पराएका छन् । सिनेमा को यो गीतले जनताको आवाज बोलेको भन्दै सिनेमा प्रति उत्साह अझै थपिएको दर्शकको प्रतिक्रिया छ । यो गीतमा एउटै व्यक्ति बारम्बार सरकारमा गएको, जनतामाथि अन्याय गरेको, बलात्कारीलाई संरक्षण गरेको लगायतका शब्द बुनिएको छ ।

यो सिनेमा लाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । सिनेमा मा अमित अग्रहरी र निशा गुइडेको लगानी छ । विक्की महर्जन र दिर्घ धामीको पटकथा रहेको सिनेमा मा विनोद कठायत कार्यकारी निर्माताको रूपमा छन् ।यो सिनेमा मा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय छ ।

चुल्ठे काजीको एक्सन रहेको सिनेमा मा साहिल खानको सम्पादन छ । सिनेमा को ट्रेलरलाई दर्शकको उच्च साथ मिलेको छ । यसको मेकिङ, प्रस्तुति, कलाकारहरूको अभिनय र एक्सनको सर्वत्र तारिफ भइरहेको छ । यसैले, यो सिनेमा ले दर्शकको सुखद साथ पाउने विश्वास गरिएको छ ।

भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै