सिनेसुत्र, बिराटनगर- आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘खेल’को शीर्ष गीत सार्वजनिक गरिएको छ । यस गीतमा गीत रचना तथा स्वर ‘स्याम्मी डी रियल जी’को स्वर रहेको छ भने सङ्गीतकार तथा सङ्गीत निर्माता सुरज ब्लुज हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भारतका अभिनव अग्निहोत्रीले गरेका छन् ।
गीतको भिडियोमा प्रमुख अभिनेत्रीहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्यसँगै मिथिला शर्मा, भोला राज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरू रहेका छन्। साथै, गायिका स्याम्मी डी रियल जी र बक्सर रश्मिला श्रेष्ठ विशेष रूपमा फिचर्ड छन् ।
सिनेमा ‘खेल’ लाई बलिउडका अनुभवी सह-निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह-निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । सिनेमाको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा सिनेमाले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ ।
यो सिनेमा सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माता आशिषराज महर्जन, कार्यकारी निर्माता लुइसराज महर्जन, सह-निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । सिनेमाको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् ।
सिनेमाको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । सिनेमाको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ । भिडियो हेर्नुहोस :