“खजुरे ब्रो” को बिराटनगरमा पहिलो दिन दर्शकको उपस्थिति निल | बिराटनगरको हलबाट उत्रियो “खजुरे ब्रो”

0 Shares

बिराटनगर | शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र “खजुरे ब्रो” को बिराटनगरमा पहिलो दिन दर्शकको उपस्थिति निल रहेको थियो | हाल अहिले नेपाली चलचित्रहरुले भब्य व्यापार गरिरहेको छ | खजुरे ब्रो को प्रदर्शन भन्दा केहि साता अगाडी निर्मात्री तथा कलाकार केकी अधिकारीको बोक्सीको घर र उपेन्द्र सुब्बाको दोश्रो चलचित्र मनसराले उत्साह जनक व्यापार गरि रहेको छ |
बिराटनगरमा बोक्सीको घर र मनसराले ओपनिंङ खासै राम्रो नगरे पनि प्रदर्शनको दोश्रो साता देखि चलचित्रले पिकअप लिएको थियो | यता हिजो शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र “खजुरे ब्रो” ले भने दर्शकको दर्शननै पाउन सकेन | शुक्रवारबाट प्रदर्शन भएको चलचित्र “खजुरे ब्रो” को दर्शकले कुनै इन्क्वाइरी नगरेको कारण बिराटनगरका तिन वटा हलले “खाजुरे ब्रो” लाइ एउटा मात्र शो दिएको हल संचालकहरुले जानकारी दिए |

बिराटनगर भाट भटेनीमा रहेको “क्यु एफ एक्स सिनेमाजले शुक्रवार ११:४५ को शो दिएको थियो | तर “खजुरे ब्रो” चलचित्रको लागि एक जना दर्शकले पनि टिकेट नकाटे पछि आज “क्यु एफ एक्स सिनेमाज बाट चलचित्र खजुरे ब्रो उतारिएको छ | हामीले शो दिएका हो अझ पनि दिन्छौ | तर एक जना पनि उक्त सिनेमा हेर्न नआए पछि हामीले कुन आधारमा चलचित्रको शो लाइ थप्ने | चलचित्र हेर्न दर्शक आए हामीले शो दिने नै हो | तर यसरि एक जनाले पनि टिकेट नकाटेर शो निल भैरहदा “खजुरे ब्रो” हलबाट उतार्न बाध्य भएको कुरा “क्यु एफ एक्स सिनेमाजका म्यानेजर रुपक घिमिरेले सिने सुत्रलाइ बताएका छन् |

यता सेन्ट्रल मल्टिप्लेक्समा पनि “खजुरे ब्रो” को अवस्था उस्तै छ | यहाँ पनि “खजुरे ब्रो” पहिलो दिन नै “निल” भएर उत्तानो परेको छ | नेपाली चलचित्रले अहिले जसरि नेपाली बजारलाइ तताइ रहेको छ | यो हेर्दा लागेको थियो अब नेपाली चलचित्रको बजारले कोल्टे फेर्यो | त्यहि सोचेर हामीले “खजुरे ब्रो” को शो सुरुवातमा धेरै नै राखेका थिएयौ | प्रदर्शन भएको दिन हामीले १०:३० को प्राईम टाइम “खजुरे ब्रो” लाइ दिएकै हो | तर चलचित्र हेर्न एक जना दर्शकले पनि टिकेट नकाटे पछि हामीले आज उक्त चलचित्रलाइ शो नदिएका हौ | तर हामी नेपाली चलचित्रलाइ माया गर्छौ | बिराटनगरमा मंगलवार दर्शक हुने दिन भएको हुदा हामि “खजुरे ब्रो” लाइ शो दिने कुरा सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनियाले सिने सुत्रलाइ बताए |

अर्को बिराटनगरको पहिलो मल्टिप्लेक्स सिटि सिनेमामा पनि “खजुरे ब्रो” को शोमा दर्शक निल भएको देख्दा हलका म्यानेजर शंखर मेहता छक्क परेका छन् | उनि भन्छन बिराटनगरमा नेपाली चलचित्रको प्रमोसन नै गर्दैन्न | अनि दर्शक हल सम्म कसरि चलचित्रको नाम लिएर टिकेट काट्न आउछ ? प्रमोसन भएर चलचित्रको सोध पुछ गर्न एक जना पनि न आएको र पोस्टर ब्यानर देखेर पनि दर्शकले उक्त चलचित्रको टिकेट नकाटेको कुरा हलका म्यानेजर शंखर मेहताले बताए |

हुन् त प्रदर्शन अगावै चलचित्रको टिमले धरानमा ग्राण्ड प्रिमियर शो गरेको थियो । तर चलचित्रको प्रिमियर शो मै त्रुटी देखिएको थियो | प्राय: चलचित्रको प्रिमियर शो मा विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा प्रिमियर शो गरेर चलचित्र देखाउने र उहा हरुबाट शुभकामान लिने अनि चलचित्रको बारेमा प्रतिक्रिया बुझने गरिन्छ |

तर “खजुरे ब्रो” को प्रिमियरमा भने त्यस्तो केहि थिएन र देखिएन पनि | प्रिमियरको प्रचार प्रसार ग्रान्ड प्रिमियर भनेर गरीए पनि चलचित्रको पास टिकेटमा भने रु ५०० रकम उठाएका थिए | उक्त रकम सुम्निमा पारुहाङ्ग सहयोगार्थ को लागि च्यारिटी शो गरिएको चलचित्र टिमले बताए |

सम्बन्धित समाचारसबै