सिनेसुत्र, बिराटनगर- भोलि बिहीबारबाट रिलिज हुन लागेको सिनेमा ‘आउटलः दफा २१९’ लाई चलचित्र जाँच पास समितिले ‘पीजी सर्टिफिकेट’ दिएको छ। यस अनुसार, सिनेमा हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथ आवश्यक पर्नेछ। सिनेमाको अग्रिम बुकिंग खुल्ला भएको छ । रिलिजको एक दिन अगाडी खोलिएको सिनेमाले कोशी प्रदेशका विभिन्न सहरका हलहरूमा जम्मा १९ शो पाएको छ। सिनेमाले अपेक्षाकृत शो नपाए पनि पहिलो दिनको ओपनिङ राम्रो भएमा शो थप्ने कुरा हल सञ्चालकहरूले बताएका छन् ।
विराटनगर: सिटी सिनेमाज (२ शो), सेन्ट्रल मल्टीप्लेक्स (३ शो), क्यूएफएक्स (२ शो)
इटहरी: इलाइट सिनेमाज (४ शो), क्यूएफएक्स सिनेप्लेक्स (१ शो)
बिर्तामोड: क्यूएफएक्स वन स्टप (२ शो)
धरान: फ्रेन्ड्स सिनेमा (१ शो)
दमक: डी म्याक्स सिनेमाज (२ शो) गरेर जम्मा कोशी प्रदेशका सहरहरुको हलमा सिनेमाले १९ शो पाएको छ , तर देशभरका हलहरूमा सिनेमाको बुकिङ खुलिसकेको छ। वर्षकै प्रतिक्षित रूपमा रहेको सिनेमालाई मल्टिप्लेक्सहरूले सकारात्मक शो दिएका छन्। दर्शकहरूको चासो उच्च भएकाले सिनेमाले राम्रो ओपनिङ गर्ने विश्वास गरिएको छ।
सिनेमा फागुपूर्णिमा परेकाले बिहानी शोहरू उपलब्ध छैनन्। तर, मध्यान्नपछि भने दर्शकहरूले देशभरका हलहरूमा सिनेमा हेर्न पाउनेछन्।
विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको यो सिनेमा एक्सन जनरामा आधारित छ, जसले एउटा महत्वपूर्ण मुद्दालाई पनि उठान गर्छ। अमित अग्रहरिको निर्माणमा तयार सिनेमामा चुल्ठे काजीको एक्सन तथा साहिल खानको सम्पादन छ। मुख्य भूमिकामा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरू छन्।
जापान र कतारमा पनि सिनेमाको सेन्सर प्रक्रिया पूरा भइसकेको छ। निर्माण पक्षका अनुसार, त्यहाँबाट निकै सकारात्मक प्रतिक्रिया आएको छ। नेपालका दर्शकहरूले पनि सिनेमा मन पराउने विश्वास गरिएको छ।
सिनेमाको ट्रेलरले दर्शकहरूको ध्यान खिचेको कारण, पहिलो दिनको ओपनिङ राम्रो हुने अपेक्षा गरिएको छ। यदि ओपनिङ राम्रो रह्यो भने, आगामी दिनमा थप शोहरू उपलब्ध गराइने सम्भावना छ। ट्रेलर हेर्नुहो :