सिनेमाघरमा ‘अञ्जिला’ को धमाकेदार इन्ट्री: पहिलो दिनको प्रतिक्रिया कस्तो रह्यो ?

0 Shares

सिनेसुत्र, बिराटनगर- फागु पूर्णिमाको अवसर पार्दै नेपाली सिनेमा ‘अञ्जिला’ सार्वजनिक प्रदर्शनमा आएको छ । यो सिनेमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ। सोमवार काठमाडौंमा भएको प्रिमियर यस सिनेमाले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो ।

‘अञ्जिला’लाई देशभरमा हलहरूले उत्साहजनक शो प्रदान गरेका छन्, जसमा सुरुवातका धेरै शोहरूमा दर्शकको चाप देखिएको छ। सामान्यतया फागु पूर्णिमाको दिन मध्य दिनसम्मका शोहरूमा दर्शक कम देखिने गरेता पनि ‘अञ्जिला’को हकमा भने त्यो लागु भएको छैन। सुरुवातीका शोहरूमा समेत दर्शकको सङ्ख्या व्यापक देखिएको वितरक करण श्रेष्ठले बताए।  यस सिनेमामा एन्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकार छन्। सिनेमाको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो।

निर्देशक चाम्सले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित सिनेमा निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरे। निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई सिनेमाले प्रेरित गर्नेमा आशा व्यक्त गर्दै, एन्जिलाको सङ्घर्षको कथा सिनेमाको पटकथाभन्दा कम नभएको बताए। ट्रेलर हेर्नुहोस : 

सम्बन्धित समाचारसबै