आउटल: दफा २१९’ हेर्न हल–हलमा दर्शकको भीड: सुशील श्रेष्ठको एक्सनको खुलेरै तारिफ

0 Shares

सिनेसुत्र, बिराटनगर-  बिहिबारबाट रिलिजमा आएको सिनेमा ‘आउटलः दफा २१९’ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ । बिहिबार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका सिनेमाका कलाकारहरुले दर्शकसँग साक्षात्कार गरे ।
सिनेमाका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरि, निर्देशक विक्की महर्जन र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए ।

सिनेमा हेर्नका लागि युवापुस्ताका दर्शकहरुको चाप हलमा बढी देखिएको थियो । सिनेमा हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे । सिनेमा हेरेर निस्किएकी एक युवतीले नायक सुशील श्रेष्ठको कामको तारिफ गर्दै भनिन्– ‘सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेकै थिएन होला । यस्तो सिनेमा आएपछि हामीले बलिउड र साउथको सिनेमा पनि हेर्नुपर्दैन । कथावस्तु पनि राम्रो छ ।’काठमाडौं बाहिरका दर्शकले पनि सिनेमा हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन् । सिनेमाको कथावस्तुले महिलाको कथा उठाएको छ । साथमा, सिनेमाको सस्पेन्स पाटो पनि गज्जब छ ।

सिनेमा हेर्न हल पुगेका कलाकार गजित बिष्टले भने– ‘सुरुवातको १० मिनेट सिनेमा केही स्लो छ । यसपछि सिनेमाले आफ्नो पकड मजबुत तरिकाले जमाएको छ । एक्सन त गज्जब नै छ । एक्सन मन पराउने दर्शकका लागि यो सिनेमा विशेष हुनसक्छ ।’

दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि नायक सुशील श्रेष्ठ पनि उत्साहित देखिए । उनले भने– ‘मैले ४ वर्ष एउटा उत्कृष्ट सिनेमामा काम गर्छु भनेर नै अफर आएका थुप्रै सिनेमा छाडेको हुँ । आज दर्शकहरुले दिनुभएको मायाले उत्साहित छु ।’

सिनेमाका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरुले गरेको मिहिनेतमा दर्शकहरुले साथ दिएको भन्दै खुशी व्यक्त गरे । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै