कमब्याक सिनेमा आउटलः दफा २१९’ पछि सुशील चर्चामा: दर्शकबाट जबरजस्त प्रशंसा

0 Shares

सिनेसुत्र, बिराटनगर- बिहिबारदेखि रिलिजमा आएको सिनेमा ‘आउटलः दफा २१९’ले हलमा दर्शक राम्रो तानिरहेको छ । आज शनिबार पनि सिनेमा हेर्न दर्शकको चाप हलमा राम्रै देखियो । काठमाडौंका हलमा दर्शकको उच्च चाप देखिएपछि यसका कलाकार तथा मेकरहरु हल–हलमा पुगे । नयाँ टिम, नयाँ मेकर र केही नयाँ तथा पुराना कलाकारहरुको साथमा तयार भएको यो सिनेमाको मेकिङ र एक्सनको चौतर्फी तारिफ भइरहेको छ ।
सिनेमा हेरेर हलबाट निस्किएका दर्शकले पनि यो सिनेमाको मेकिङ र एक्सनलाई दर्शकले हलिउड र बलिउडका थुप्रै सिनेमासँग तुलना गरिरहेका छन् ।
४ वर्षपछि नायक सुशील श्रेष्ठ सिनेमामा फर्किएका थिए । सुशीलको कमब्याक कस्तो होला भन्ने उत्सुकता धेरैको मनमा थियो ।
तर, सुशीलले यतिबेला सबैको तारिफ बटुलिरहेका छन् । सामाजिक संजालमा पनि सिनेमा हेरेर फर्किएका दर्शक, फिल्मीकर्मी र पत्रकारहरुले सुशीलको काम र मिहिनेतको तारिफ गरिरहेका छन् ।
सिनेमा ‘आउटलः दफा २१९’को क्लाइमेक्सको चेजिङको दृश्यले धेरैको ध्यान खिचेको छ । नेपालमा यस्तो खिचाई र दृश्य यसअघि नहेरेको भन्दै दर्शकले प्रतिक्रिया दिएका छन् । हलमा पुगेका सुशीललाई दर्शकहरुले उत्साहजनक रुपमा साथ दिएपछि उनी पनि अब निरन्तर काम गर्ने बताउँछन् । आफूहरुले गरेको मिहिनेतको प्रतिफल पाएको सुशील बताउँछन् । काठमाडौंमा आयोजित प्रेस शोमा पुगेका अधिकांश पत्रकार तथा कलाकारहरुले पनि यो सिनेमाको मुक्तकण्ठले प्रशंसा गरे । सिनेमाले शनिबारसम्म राम्रो दर्शक पाएको निर्माता अमित अग्रहरि बताउँछन् । ट्रेलर हेर्नुहोस :

 

 

सम्बन्धित समाचारसबै