‘आउटलः दफा २१९’ ले चार दिनमा कति ग्रस कलेक्शन गर्यो?

0 Shares

 सिनेमा ‘आउटलः दफा २१९’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । विहिबारबाट रिलिजमा आएको यो सिनेमा दर्शककोे सुखद साथ पाइरहेको छ ।
विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिले निर्माण गरेको यो सिनेमा हालसम्म गरेको कमाइको आँकडा सार्वजनिक भएको छ ।
निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा यो सिनेमा ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्शन गरेको उल्लेख छ । निर्माणपक्षले चार दिनको एकमुष्ट आँकडा सार्वजनिक गरेको हो ।
नायक सुशील श्रेष्ठले पनि दर्शकहरुको अपार माया पाउँदै सिनेमा राम्रो कमाई गरिरहेको उल्लेख गरेका छन् ।
एक्सन तथा सामाजिक कथामा निर्माण भएको यो सिनेमा न्यायको बिषय उठान गरेको छ । सिनेमाको कथावस्तु, प्रस्तुति, मेकिङलाई दर्शकले निकै रुचाएका छन् । यही कारणले पनि दर्शकको आकर्षण सिनेमाप्रति बढेको हो ।
सिनेमामा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरुको अभिनय छ । ट्रेलर हेर्नुहोस : 

सम्बन्धित समाचारसबै