सिनेसुत्र, बिराटनगर- र्यापर भिटेनको स्वरमा समावेश ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ। सिनेमा ‘आउटलः दफा २१९’मा समावेश यो गीत सिनेमा रिलिज भएको पाँच दिनपछि निर्माणपक्षले सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ।
यो गीतको भिडियोलाई डिस्कोमा खिचिएको छ। यो सिनेमा को निर्माणपक्षले भिटेनसँग यो गीतको अधिकार नै खरिद गरेर सिनेमा मा समावेश गरेको हो। विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमा मा अमित अग्रहरि र निशा गुइडेको लगानी छ। सिनेमा मा विक्की महर्जन र दिर्घ धामीको पटकथा छ। नविन गुरुङले खिचेको सिनेमा मा चुल्ठे काजीको एक्सन छ। यो सिनेमा मा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरूको मुख्य भूमिका छ। सिनेमा ले दर्शकहरुबाट सुखद प्रतिक्रिया पाइरहेको छ। जसकारण पनि सिनेमा ले रिलिजको पाँचौ दिनमा पनि सुखद व्यापार गरिरहेको छ। भिडियो हेर्नुहोस :