सिनेसुत्र, बिराटनगर- नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने सिनेमा ‘पिताम्बर’ को टिम यतिबेला सिनेमा को आक्रामक प्रचारप्रसारमा व्यस्त छ । सिनेमा को फस्टलुक, टिजर र गीतले सिनेमा को हाइप बढाइरहँदा यतिबेला आम दर्शक र सिनेमा कर्मीमा ‘पिताम्बर को हो ?’ भन्ने चासो उत्तिकै बढाएको छ ।
निर्माण पक्षले सिनेमा का प्रमुख कलाकारको सोलो फोटोसहित ‘म हो पिताम्बर’ लेखेको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । निर्माण टिमले सिनेमा का कलाकारहरु प्रमोद अग्रहरि, सौगात मल्ल, दयाहाङ राईको छुट्टाछुट्टै सोलो तस्वीर राखेर ‘म हो पिताम्बर’ लेखिएको पोस्टर सार्वजनिक गरिरहेपछि दर्शकमा थप कौतुहलता पैदा गरेको छ ।

सिनेमा को निर्माण केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा भएको छ भने यसको निर्देशन कृषा चौलागाईले गरेका छन् । सिनेमा मा प्रमुख भूमिकामा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईले अभिनय गरेका छन् ।
सिनेमा मा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।
सिनेमा मा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् । सिनेमा मा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । सिनेमा आरआर फिल्म्सले वितरण गर्दैछ ।
