दर्शकको माया पाएर ‘लाज शरणम्’ पाँचौँ हप्तामा: अझै दर्शकको साथ उच्च

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको सिनेमा पाँचौँ हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित प्रदर्शन सुरु गरेको सिनेमा अहिले पनि दर्शकमाझ लोकप्रिय छ । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको निर्माणपक्षले बताएको छ ।

“सिनेमा ‘लाज शरणम्’ सफलतासहित पाँचौँ हप्तामा प्रवेश गरेको छ,” निर्माता नवीन श्रेष्ठले भने, “दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै ‘लाज शरणम्’ तेस्रो हप्तामा प्रवेश गरेको हो । अहिले पनि सिनेमालाई उपलब्ध शोमा दर्शकको संख्या उच्च छ ।”‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । सिनेमामा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङ लगायतको अभिनय छ ।

‘लाज शरणम्’लाई कुमार कट्टेल (जिग्री) ले निर्देशन गरेका हुन् ।जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सृजना खड्का सह–निर्माताका रूपमा रहेका छन् । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै