दुर्गेश थापाको स्वरमा सिनेमा ‘कर्मा’ को नयाँ गीत: चाँडै सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- चर्चित गायक,प्रफमर दुर्गेश थापाले सिनेमा ‘कर्मा’का लागि गीत गाएका छन्। सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको सिनेमा ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन्। दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन्।

केही दिनअगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ। दुर्गेशको गीत सिनेमाभित्रै समावेश हुने बताइएको छ। दुर्गेशले गाएको गीतमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ। निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ।

नयाँ वर्ष २०८२ को छेको पारेर सिनेमा ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो सिनेमा एकसाथ रिलिज हुँदैछ। यस्तै, निर्माणपक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ।

गायक केसीले ‘कर्मा’मार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन्। केही दिनअघि निर्माणपक्षले भिडियो छायांकन गरेको थियो। यस गीतमा उनकै शब्द, संगीत र स्वर छ। युवा पुस्तामाझ सुशान्तको लोभलाग्दो क्रेज छ। हम्मेसि अरूका लागि गीत गाउँदैनन्। उनी आफ्नै च्यानलमा मात्रै गाउँदै आएका छन्। उनका हरेक गीत मिलियन्सभन्दा माथि युट्युबमा भ्युज गएका छन्।सिनेमा ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन्।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ। निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै