सुशान्त केसीको पहिलो पार्श्व गायन सिनेमा ‘कर्मा’को गीत सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट सिनेमा ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो। ‘पागल’ बोलको प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ। गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ।

विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्नबित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ। गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेभरमा छ। जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा सिनेमाको निर्माणपक्ष ढुक्क छ। एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन्।

फेसबुक सर्ट तथा रिल्समा राखेको छोटो क्लिप नै दर्शकले औधी मन पराएका थिए। अहिलेको युवापुस्ताले रुचाउने खालको गीत उनले तयार पारेका छन्। सिनेमामा सुशान्तले गाएको यो पहिलो गीत हो। यसअघि थुप्रै सिनेमाबाट अफर आए पनि सुशान्तले सिनेमाका लागि गीत गाएका थिएनन्। कलेक्सन एल्बममा उनी गीत गाउँदैनन्। सुशान्तले सिनेमाको पहिलो गीत, नयाँ अनुभव चैतमा छिट्टै हलमा भन्दै सामाजिक सञ्जालमा यसअघि नै लेखेका थिए।गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार फिचर्ड छन्। विपीन र उपासनाले भिडियोमा अभिनय गरेका छन्। एकअर्काप्रतिको माया गीत र भिडियोमा देख्न सकिन्छ। सिनेमाको फुटेज भिडियोमा प्रयोग गरिएको छ। सिनेमाका कलाकार जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन्। नयाँ वर्ष २०८२ को छेको पारेर सिनेमा ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो सिनेमा एकसाथ रिलिज हुँदैछ।

सिनेमा ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन्।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ। निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै