प्रकाश सपुतको साख जोगाउँदै ‘वसन्त’को ट्रेलर र गित दुवै युटुब ट्रेन्डिङको शिर्ष स्थानमा

0 Shares

सिनेसुत्र, बिराटनगर- गायक तथा अभिनेता प्रकाश सपुत यतिवेला आगामी चैत्र २२ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को प्रचारमा व्यस्त छन् । सिनेमाको रिलिज नजिकँदै गर्दा प्रकाशलाई अभिनेत्री स्वस्तिमा खड्का, खड्क बहादुर पुन (खबपु), श्री शिभान्सी र प्रभात पाल ठकुरीले खुलेर साथ दिइरहेका छन् ।

उनीसहितको टिम विभिन्न मिडिया र कार्यक्रममा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ सिनेमाको जानकारी बाँडिरहँदा सार्वजनिक प्रचार सामाग्रीले पनि दर्शकको मन जितिरहेका छन् । गत चैत्र ९ गते शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको ट्रेलरले युट्युब ट्रेन्डिङको मुभिज सेक्सन अर्न्तगत २ नम्बरमा कब्जा जमाएर बसेको छ ।यसैबीच आइतबार सार्वजनिक सिनेमाको गीत ‘हेर्दै आँखामा’ पनि २४ घण्टा नुपुग्दै युट्युब ट्रेन्डिङमा उक्लेको छ । यो गीत हाल युट्युब ट्रेन्डिङ अर्न्तगत म्युजिक सेक्सनको ६ औं स्थानमा छ । विस्तारै आफ्नो पाइला शिर्ष स्थान तर्फ बढाइरहेको छ ।

यो समाचार तयार पार्दै गर्दा गीतलाई ४ लाख  १९ हजार बढि भ्युज र २५ हजार लाईक अनि १ हजार ६ सय बढि प्रतिक्रिया प्राप्त छन् । यो गीतको कमेन्टबक्समा प्राप्त प्रतिक्रियामा अधिकांशले सिनेमाका कलाकारद्धय प्रकाश र स्वस्तिमाको तारिफ गरेका छन् । यो सँगै गीतले दिन खोजेको सन्देश पनि रुचाएको देखिन्छ । ट्रेलर हेर्नुहोस :

 

नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् । गित हेर्नुहोस :

 

सम्बन्धित समाचारसबै