केजीएफको डब कलाकारको आवाजमा अब हिन्दीमा पनि ‘आउटलः दफा २१९’

0 Shares

सिनेसुत्र, बिराटनगर- अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ । सिनेमाका निर्माता अग्रहरिले सिनेमा हिन्दी भाषामा डब गरिएको र चाडै नै रिलिज हुने बताए । उनले, सिनेमा हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए ।

सिनेमाको हिन्दी भर्सनमा ‘केजीएफ’ जस्तो चर्चित दक्षिण भारतीय सिनेमामा आवाज दिने कलाकारहरुले स्वर भरेका छन् । सिनेमाको हिन्दी ट्रेलरमा दर्शकको उत्कृष्ट प्रतिक्रिया आइरहेको छ ।सिनेमामा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी लगायतका कलाकारहरुको अभिनय छ । यो सिनेमाले नेपाली दर्शकहरुमाझ पनि राम्रो छाप छाडेको थियो । अझै पनि हलमा चलिरहेको यो सिनेमाको एक्सन पाटोलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।

नेपालमा राम्रो प्रतिक्रिया पाएपछि विदेशी बजारमा पनि यो सिनेमाको माग राम्रो देखिएको छ । सिनेमा यूरोप, बेलायत, अष्ट्रेलिया, अमेरिका, जापान, कतार, दुबई लगायतका देशमा रिलिज हुँदैछ ।

साहिल खानको सम्पादन रहेको यो सिनेमामा चुल्ठे काजीको एक्सन, नविन गुरुङको डीओपी छ । हिन्दि ट्रेलर हेर्नुहोस

सम्बन्धित समाचारसबै