जापानले किन्यो ‘नरसिंहाः अवतार’को अधिकार, भट्टराइ भन्छन्– विदेशबाट उच्च माग

0 Shares

सिनेसुत्र, बिराटनगर- दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको सिनेमा ‘नरसिंहाः अवतार’को फस्टलुक सार्वजनिक भएसँगै यसको विदेशमा माग उच्च रुपमा बढेको छ। सिनेमाको फस्टलुकसँगै विदेशका अधिकांश ठाउँबाट कुरा आएको र केही दिनमै अधिकांश देशमा विक्री भइसक्ने निर्देशक भट्टराइको भनाइ छ।

यसैबीच, यो सिनेमाको जापान अधिकार विक्री भएको छ। सिनेमाको जापान अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो। जापानका दर्शकले यो सिनेमाको विषयमा सोधपुछ गर्न थालेपछि आफूले प्रदर्शन अधिकार खरिद गरेको यूएनएका प्रमुख उज्ज्वल गुरागाईंको भनाइ छ। निर्माणपक्षले कति रकममा जापान अधिकार विक्री गरिएको हो, त्यो खुलाइएको छैन।नायक राजेश हमालको कमब्याक सिनेमा भएकाले पनि यसको चर्चा बढेको छ। साथै, सिनेमाको निर्माणपक्षले ६० फिट लामो पोस्टर सार्वजनिक गरेपछि यसको चर्चा चुलिएको थियो।

राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, दीपा शाही लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमामा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी रहेको छ। यो सिनेमा जेठ ९ गतेबाट रिलिजमा आउँदैछ। 

सम्बन्धित समाचारसबै