सिनेसुत्र, बिराटनगर- सिनेमा ‘कर्मा’ को ट्रेलर ट्रेन्डिङमा आएको छ। नेपालसहित विभिन्न देशमा ‘कर्मा’ को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो। ठूलो नेपाली डायस्पोरा रहेका देश कतार, कोरिया र जापानमा ‘कर्मा’ को ट्रेलर युट्युब ट्रेन्डिङमा परेको हो। नेपालमा मुभी सेक्सनको चौथो स्थानमा छ। विभिन्न देशमा ट्रेन्डिङमा आएसँगै सिनेमा ‘कर्मा’ को ओभरसिज माकेर्टमा डिमान्ड थप बढ्ने निश्चित छ।
बिहीबार सार्वजनिक ‘कर्मा’ को ट्रेलरको सामाजिक सञ्जालमा उत्कृष्ट रहेको प्रतिक्रिया आइरहेको छ। सिनेमा रिलिजको मिति नजिकिँदै जाँदा ट्रेलरले सिनेमा को हाइप बढाइरहेको छ। ट्रेलरमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार अटाएका छन्। सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ।
आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ। विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भनेका छन्। ‘कर्मा’ मा विपीन, उपासना, मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ।
‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ। नेपाल र विदेशमा यो सिनेमा एकसाथ प्रदर्शन हुनेछ। एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन्। ‘कर्मा’ ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। यो सिनेमा मा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ। निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो। ट्रेलर हेर्नुहोस :