सिनेसुत्र, बिराटनगर- सन् २००० मा मिस नेपालको ताज जितेपनि उषा खड्गीले सिनेमा मा डेब्यू गर्न समय लगाइन् । मिस नेपाल भएको २५ वर्षपछि उषाले सिनेमा मा डेब्यू गरेकी हुन् । उनको डेब्यू अभिनय रहेको सिनेमा ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ । सिनेमा मा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैविच, यसको निर्माणपक्षले उषाको फस्टलुक सार्वजनिक गरेको छ ।
सार्वजनिक पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ । यो सिनेमा लाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन् । तर, सिनेमा मा उनी नायक राजेश हमालको जोडीको रुपमा हुन् या होइनन् खुलेको छैन । उषाले अहिले नै यो कुरा खुलाउन नमिल्ने बताएकी छिन् ।
उसो त उषाले नायक राजेश हमालसँग म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, सिनेमा मा हमालसँग पर्दा शेयर गर्न पाउँदा निकै खुशी भएको र आफ्नो कामलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने कुराले कौतुहलता बढाएको उषाको भनाई छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमा मा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । यो सिनेमा मा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । पोस्टर हेर्नुहोस :

