सिनेसुत्र, बिराटनगर- जुम्लामा छायांकन भइरहेको सिनेमा ‘कल्ली’को प्रदर्शन मिति तय गरिएको छ। यसको निर्माणपक्षले आउँदो वर्षको कात्तिक २१ गतेबाट सिनेमा रिलिज गर्ने घोषणा गरेको हो। तिहारको दुई सातापछि यो सिनेमा रिलिजमा आउन लागेको हो। काफिया फिल्मस् र कुबेर फिल्मस्ले यो सिनेमालाई काठमाडौं र मोफसलमा वितरण गर्नेछन्। वितरकहरुसँग सल्लाह गरेर रिलिज मिति तय गरिएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए।
हिमाल कडेरिया र अमला देबी राई निर्माता रहेको सिनेमामा लक्ष्मण सुनारको कथा तथा निर्देशन छ। महेश दवाडीको लेखन रहेको सिनेमाका कार्यकारी निर्माता सरोज नेपाली हुन्। लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा यो सिनेमा बनेको हो।
यो सिनेमामा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपाली लगायतका कलाकारहरुको अभिनय छ। निसाल पौडेलको छायांकन रहेको यो सिनेमाको कथावस्तुको विषयमा निर्माणपक्षले केही पनि बताएको छैन। पोस्टर हेर्नुहोस :

