सिनेसुत्र, बिराटनगर- जेठको ९ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक नयाँ पोस्टरमा सिनेमाका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई स्थान दिइएको छ। सार्वजनिक पोस्टरले सिनेमा भित्र राज र सनिषालाई जोडीको रूपमा हेर्न सकिने बुझ्न सकिन्छ।
चलचित्र विकास बोर्डका पूर्व सदस्य समेत रहेका राज यो सिनेमा बाट उदाउने दाउमा छन्। सिनेमामा उनले नायक राजेश हमालसँग पर्दा शेयर गरेका छन्। यो सिनेमा का लागि राजले निकै मिहिनेत गरेको बुझिएको छ। यो सिनेमा का लागि राजले एक्सन समेत सिकेका थिए। ‘१२ गाउँ’को व्यापारबाट दंग सनिषा अब ‘नरसिंहाः अवतार’मा झनै बुलन्द रूपमा प्रस्तुत भएर दर्शकको ध्यान खिच्ने तयारीमा छिन्।दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ।
सिनेमामा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ। यो पोस्टरलाई राकेश दाहालले तयार पारेका हुन्।
सिनेमामा राजु विक्रम थापाको डीओपी, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ। करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो सिनेमाका एसोसियट निर्देशक वसन्त अधिकारी हुन्।
सिनेमाको फस्टलुक सार्वजनिक भएसँगै चर्चा पाएको यो सिनेमाको नायक राज कटुवाल र नायिका सनिषा भट्टराइलाई स्थान दिइएको नयाँ पोस्टर सार्वजनिक भएपछि दर्शकमा उत्साह अझै बढ्ने देखिएको छ। यो पोस्टरले सिनेमा एक्सनसँगै रोमान्टिक जनरामा बनेको बुझ्न सकिन्छ। 

