आइफोनले खिचिएको सिनेमाका निर्देशक् जेसन लोप्चन बुसान् फिल्म् स्कूल छात्रबृतिमा छानिए

0 Shares

सिनेसुत्र, बिराटनगर- विश्वकै प्रख्यात गनिने सिनेमा विध्यालय, बुसान एसियन फिल्म स्कूलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। बुसान फिल्म स्कूलले एसिया मुलुकबाट मात्र १८ जना युवा सिनेमा कर्मिहरूलाई छात्रवृत्तिमा छान्ने काम गर्छ। यी छानिएका १८ जना बुसान, कोरियामा बसेर अन्तराष्ट्रिय निर्माता हरूसँग मिलेर आफ्नो सिनेमा को तयारी गर्छन्।हालै नेपालमा पहिलो पटक आइफोन द्वारा सिनेमा बनाएका लेखक तथा निर्देशक जेसन लोप्चन अहिले बुसान, कोरियामा छन्। उनी कोरियाको बुसान एसियन फिल्म स्कूलमा ८ महिना बसेर, अन्तराष्ट्रिय निर्माता हरूसँग मिलेर आफ्नो दोश्रो सिनेमा को तयारी गर्नेछन्। सिनेमाको पटकथा र सबै निर्माण कार्य बुसानमै गरिने छ भने, सिनेमाको छायांकन आउने साल, २०२६, नेपालमै गरिने भनेर बताउँछन् निर्देशक जेसन लोप्चन।

उनको पहिलो सिनेमा A PLACE UNDER THE SUN अहिले एमएसएम भिडियोमा उपलब्ध छ भने उनले यसअगाडि मेयर बालेन शाहको “मार्फाको मदिरा” गीतको भिडियो पनि निर्देशन गरेका थिए। 

सम्बन्धित समाचारसबै