बिराटनगर / शुक्रबार देखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘गाउँ आएको बाटो’ लाइ प्रदर्शनको पहिलो दिननै बिराटनगरको दर्शकहरु बाट उत्साहाजनक साथ् मिलेको छ |
बिराटनगर सेन्ट्रल मलमा अवस्थित सेन्ट्रल मल्टिप्लेक्स हलमा ३:१५ को शो मा उपस्थित दर्शकहरुको सकारात्मक प्रतिक्रिया रहेको थियो |
२२ बर्ष पछि नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ हेर्न ब्रिटिस आर्मीका रिटायर मेजर मान बहादुर राइ पनि पुगेका थिए |

चलचित्र हेर्दै गर्दा आफनो पुराना दिनको यादहरु चलचित्रले दिलाएको चलचित्रको मध्यान्तरमा रिटायर मेजर मान बहादुरले सिने सुत्रलाइ बताए |
त्यस्तै चलचित्र हेर्न पुगेका कोशि प्रदेशमा रहेर कलाकारितामा सक्रिया रहेका भाषिक चलचित्रका अग्रज निर्देशक केशब रायमाझी भन्छन : यो चलचित्र आखाले हैन दिमाखले हेर्ने हो |
त्यस्तै सोहि चलचित्रमा प्रहरीको भूमिकामा अभिनय समेत गरेका कोशि प्रदेश बिराटनगरका कलाकार निरज ब्ल्याकको पनि उपस्थिति रहेको थियो |
चलचित्रले पहिलो दिननै दर्शकको बलियो वर्ड अफ माउथ पाएको छ ।
दर्शकले देखि आएको भोगी आएको समाजमै देखिएको कथालाइ सहज र मार्मिक बनाएर पर्दामा उतारिएको र चलचित्र हेर्दै गर्दा चलचित्रमा देखाइएका पात्रमा आफुलाइ नै भेटेको अधिकान्ग्स दर्शक हरुको प्रतिक्रिया रहेको थियो |
दयाहाङ राई, पशुपति राई र प्रशन राईको मुख्य भूमिका रहेको चलचित्र “गाउ आएको बाटो” प्रदर्शन अगावै अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत प्रदर्शन भएको थियो | उक्त चलचित्र क्यानडाको टोरोन्टो फिल्म फेस्टिभल, दक्षिण कोरियाको बुसान, ब्राजिलको साउपाउलो, भारतको मुम्बईलगायत विभिन्न देशका डेढ दर्जन महोत्सवमा छनोट पनि भएको थियो ।
चलचित्रको पहिलो दिन दर्शकको प्रतिक्रिया हेर्दा र सुन्दा सुखद नै देखिए पनि चलचित्रले प्रदर्शनको आगामी दिनहरुमा दर्शक कस्तो साथ् पाउने हो त्यो भने हेर्न बाकि नै छ |